शेयर बजार सामान्य घट्यो, ४ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार

 फागुन ३०, २०८० बुधबार १५:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल, जलविद्युत्, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ, अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज वीन नेपाल लघुवित्तको शेयर १० प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

आज एक करोड आठ लाख ८९ हजार कित्ता शेयर चार अर्ब २४ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्स लिमिटेडको २५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया