हङकङबाट फर्कियो नेपाली क्रिकेट टोली

 चैत २, २०८० शुक्रबार ९:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो ।

काठमाण्डौ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाण्डौमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ ।

आयरल्याण्डको ए टोलीसँग सिनियर टोलीले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा खेल खेल्ने जनाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया