गृहमन्त्री लामिछानेको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, बैठक पर्सिसम्मका लागि स्थगित

 चैत २, २०८० शुक्रबार १८:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् ।

आज बिहान प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदले विरोध जनाए । उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री नियुक्त गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेका छन् । त्यसमा सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाएपछि संसद् चलेको थियो । शून्य समय र विशेष समयमा सांसदले बोले ।

त्यस्तै कार्यव्यवस्था परामर्श समितिमा हेरफेर र राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयक टेबुल भयो । त्यसपछि गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा प्रवेश गर्दा कांग्रेस सांसदले विरोध जनाए । कांग्रेसको विरोधपछि सभामुखले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभयो ।

त्यसको दुई घण्टापछि शुरु भएको दोस्रो बैठकमा पनि कांग्रेसले नाराबाजी गर्‍याे । दोस्रो बैठकमा विरोधबीच सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो । त्यस लगत्तै कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरे । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे । कांग्रेस सांसदले नाराबाजी नरोकपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगीत गर्नुभएको छ ।

रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्ति गरेकाले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया