कालीकोटकाे सामुदायिक वनमा लागेको आगोमा परि घाइते भएकी बालिकाको ज्यान गयो

 चैत ४, २०८० आइतबार १५:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कालीकोट – खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा लागेको आगोमा परि घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईँको उपचारका क्रममा ज्यान गएको छ । चौलागाईँको उपचारका क्रममा आज दिउँसो प्रदेशअस्पतालमा ज्यान गएको हो ।

खाँडाचक्र–५ ढाड गाउँका नन्दराम र उहाँकी छोरी हेमन्ती शुक्रवार आफ्ना बाख्रा आगोले जले–नजलेको हेर्न जाने क्रममा आगोले पोलेको थियो । घाइते बाबु–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियोे । आज जुम्लामा पनि उपचार सम्भव नभएपछि दुवै जनालाई सुर्खेत लगिएको थियो ।

हेमन्तीको ७० प्रतिशत शरीर जलेको डाक्टरले बताएका छन् । हेमन्तीका बुबा नन्दरामको भने सुर्खेतमै उपचार भइरहेको छ । यसैगरी आगोले जलेर नन्दरामका ४३ वटा बाख्रा मरेका छन् । खाँडाचक्र नगरपालिकाले घाइते परिवारलाई आजै तीन लाख ८० हजार रुपैयाँ सहयोग गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया