तेह्रथुमकाे फेदापमा आगलागी, कम्तीमा १५ वटा घर जलेर नष्ट

 चैत ४, २०८० आइतबार १६:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – तेह्रथुमको फेदाप गाउँपालिका–१ काे टारी र बाजाघर गाउँमा आगलागी भएको छ । आगलागीबाट कम्तीमा १५ वटा घर जलेर नष्ट भएको फेदाम गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो । आगलागीबाट केही पशुचौपाया मरेका उहाँले बताउनुभयो ।

आगलागी भएको ठाउँमा तीव्र गतिमा हावा चल्दा आगाे निभाउन गाह्राे भएकाे अध्यक्ष भेटवालले बताउनुभयाे । आगलागी भएकाे ठाउँ सुक्खा क्षेत्र र जङ्गल नजिक छ । अहिले प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका भेटवालले जानकारी दिनुभयो ।

टारी र बाजाघर गाउँमा गरी झण्डै एक सय वटा घर छन् । गाउँमा धेरैजसो खरका घर भएका कारण आज दिउँसाेदेखि लागेकाे आगाे निभाउन गाह्राे भइरहेकाे अध्यक्ष भेटवालले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया