बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै सनाखत

 चैत ६, २०८० मंगलबार ७:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – बागलुङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम पश्चिम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, मुसिकोट नगरपालिका–२ रातामाटाका बसधनी बबि ददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका बस चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा २६ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाण्डौका लागि छुटेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस हिजो बेलुका  बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।

सातजनाको घटनास्थलमै र दुईजनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेमध्ये  २१ जनाको  धौलागिरी अस्पताल बागलुङ र ५ जनाको मणिपाल अस्पताल पोखरा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया