नागढुङ्गा सुरुङमार्गको रोकिएको काम अगाडि बढाउने सहमति

 चैत ६, २०८० मंगलबार ८:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – झण्डै एक महिनादेखि ठप्प भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने भएको छ । विभिन्न माग राख्दै स्थानीयबासिन्दाले सुरुङमार्ग निर्माणको काम रोकेका थिए । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र स्थानीयबासिन्दाबीच मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि आजदेखि सुरुङको काम शुरु हुने भएको हो ।

हिजोको वार्तामा मन्त्रालय र स्थानीयबीच ९ बुँदे मौखिक सहमति भएको र आज आधिकारिक रुपमा सहमतिपत्रमा हस्ताक्षर भएपछि काम अघि बढ्ने चन्द्रागिरि नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयबासिन्दाले उठाउँदै आएको मुख्य माग खानेपानीको व्यवस्था गरिदिने, आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारीमा प्राथमिकता दिनेलगायत सहमति भएको छ ।

सुरुङ खन्न १४ मिटर मात्र बाँकी छँदा स्थानीयले गएको फागुन ६ गतेदेखि आयोजना शुरु हुँदैदेखिका माग निकालेर काम ठप्प पारेका थिए ।

गएको फागुन २३ मा सुरुङ छिचोल्ने तयारी थियो । तर काम ठप्प भएपछि सुरुङ छिचोल्ने समय अनिश्चित बनेको थियो । अब काम थालेको एक हप्ताभित्र सुरुङ छिचोल्न सकिने आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया