काठमाण्डौसहित बाग्मती, मधेश र कोशी प्रदेशमा वर्षा

 चैत ७, २०८० बुधबार १२:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानदेखि पानी परिरहेको छ । अहिले काठमाण्डौ उपत्यका र आसपासमा पानी परिरहेको छ ।

बिहान झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशका बिभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको हो । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो । न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा धेरै देखिएको छ । यही प्रणालीका कारण पूर्वी नेपाल र मधेशमा वर्षा सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया