पानी परेपछि वनजङ्गलमा लागेको डढेलो निभ्न थाल्यो

 चैत ८, २०८० बिहिबार ८:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – देशको पूर्व र मध्य क्षेत्रमा हिजोदेखि परेको पानीले वनजङ्गलमा लागेको डढेलो निभ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङ्गका अनुसार अहिलेको वर्षाले बाग्मती, मधेश र कोशी प्रदेशमा लागेको डढेलो नियन्त्रणमा लिन सहयोग पुगेको छ ।

केही ठाउँमा डढेलो निभेको जानकारी आएको र कति ठाउँमा निभ्यो भन्ने तथ्याङ्क सङ्कलन भैरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो । प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो एक हप्तामा दुईसय भन्दा बढी ठाउँमा डढेलो लागेकोमा मोरङमा सबैभन्दा बढी आगलागीका घटना भएका थिए ।

त्यसपछि ताप्लेजुङ र तेह्रथुम जिल्लामा आगलागीका घटना भएका छन् । केही दिनदेखि पूर्वमा धेरै डढेलो लागेको र अहिले पानी पनि पूर्वी क्षेत्रमै धेरै परेकाले डढेलो नियन्त्रणमा निकै मद्दत पुगेको प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया