ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

 चैत ८, २०८० बिहिबार ९:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गर्ने गरी चौबीसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । यही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

गृहको निर्देशनअनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउन आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया