हुम्लाको राया गाउँका सरकारी र सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार

 चैत ८, २०८० बिहिबार १२:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा सङ्घसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार भएको छ । यसअघि रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएकोमा हिजोदेखि चौबीसै घण्टा विद्युत् सेवा निरन्तर हुन थालेकाे कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयलाई मासिक दुई हजार रुपैयाँ विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताउनुभयो ।

गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्था र सरकारी कार्यालयलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई मासिक शुल्क १० रुपैयाँ तोकिएको छ । २५ किलोवाट क्षमताको रायाखोला जलविद्युत् आयोजनाबाट विगत छ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया