नेपाल प्रहरीका पेट्रोल पम्प २४सै घण्टा सञ्चालन हुने

 चैत ८, २०८० बिहिबार १८:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प अब २४सै घण्टा सञ्चालन हुने भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले सञ्चालन गरिरहेका नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोल पम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।

गृहमन्त्री लामिछानेले पेट्रोल पम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै आजदेखि पम्पहरू खुला भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यसअघि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया