बालबालिकालाई साइबर स्वास्थ्य शिक्षा पढाउन जरुरी
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – नौ महिनादेखि युक्रेनको जेलमा रहेका दुई जना नेपालीको उद्धार भएको छ । अध्यागमन कानून उल्लङ्घनका कारण २०२४ को ‘मे’ महिनादेखि युक्रेनको जेलमा रहेका उनीहरुलाई हिजो नेपाल फर्काइएको हो ।
विभिन्न निकायको सहयोग लिएर युक्रेनबाट उद्धार गरी उनीहरूलाई नेपाल फर्काइएको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाल फर्कनका लागि जहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली सङ्घको मुख्यालयले गरेको थियो ।
दूतावासले बारम्बार सचेत गराउँदा पनि मानव तस्करहरूको प्रलोभनमा परेर अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन गैरहेको भन्दै विषम परिस्थितिमा रहेको कारण युक्रेनमा कुनै पनि प्रयोजनाको लागि वा कुनै प्रकारको प्रलोभनमा परेर नजान पुनः सचेत गराएको छ ।
कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपद्मा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकोले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न दूतावासले अनुरोध गरेको छ ।
दूतावासले यसअघि पनि टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन र झुटा विवरणको प्रचार भइरहेको भन्दै पोल्यान्डलगायत देशमा जानुअघि सावधानी अपनाउन आग्रह गरेको थियो ।