अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?

 माघ २५, २०८१ शुक्रबार ७:५५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३  पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम भएको छ । अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा थियो ।

आज युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रूपैयाँ१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा तथा कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै यूएई दिराम एकको खरिददर ३८ रूपैयाँ ७ पैसा र बिक्रीदर ३८ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ५३ पैसा र बिक्री दर ३१ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रूपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रूपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रूपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७४ पैसा निर्धारण भएको छ ।
 

तपाईको प्रतिक्रिया