भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै न...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – शुक्रबार कुवेती दिनारको भाउ बढेको छ भने मलेसियन रिंगिटको भाउ घटेको छ । रियाल, दिर्हाम र बहराईन दिनारको भाउ थोरै घटबढ मात्र भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा तोकेको छ । बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०१ पैसा थियो ।
शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ । बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो ।
शुक्रबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ २३ पैसा तोकिएको छ । बिहीबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७० रुपैयाँ ८८ पैसा तोकिएको थियो ।
बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ११ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७१ पैसा तोकिएको छ । हिजो बिहीबार बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९८ रुपैयाँ ६२ पैसा तोकिएको थियो ।
त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ । हिजो बिहीबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा थियो । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।