सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – बिहीबार डलरसहित विदेशी मुद्राको भाउ थोरैले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा तोकेको छ । बुधबार डलरको खरिददर ११२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा थियो ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । बुधबार यसको खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा थियो ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकिएको थियो ।
बिहीबारको लागि यूएई दिर्हाम १ को ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा छ । बुधबार यसको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा थियो ।
मलेसियन रिंगिट १ को २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । बुधबार रिंगिटको खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा थियो ।
यस्तै बिहीबार कुवेती दिनार १ को ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९४ पैसा तोकिएको छ । बुधबार कुवेती दिनार १ खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९३ पैसा थियो ।
बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २८ पैसा तोकिएको छ । बुधबार यसको खरिददर २९९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८७ पैसा थियो ।
यसैगरी कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । अघिल्लो दिन बुधबार वनको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा थियो ।