साफ च्याम्पियनशिपको ‘ड्र’ सार्वजनिक, नेपाल र भारत एउटै समूहमा
फागुन २८, २०८१ बुधबार
काठमाडौं – कामका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फर्काइएको छ ।
कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयो । विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता गरिएको रिजालले बताउनुभयो ।
वैभव मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने क्लिनर्सका लागि श्रम स्वीकृति दिइएको छ ।