सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
यूएई - कामका लागि ७ महिना पहिले यूएई आएका एक नेपालीको मृत्यु भएको छ ।
ईन्द्रसरोवर-४, मकवानपुरका रामहरि रुम्बाको गएको मंगलबार ज्यान गएको हो । मंगलबार दिउँसो कम्पनीको काम गरी फर्केर साँझ खाना खाई सुतेका रुम्बाकाे ओछ्यानमै मृत्यु भएकाे हाे । बुधबार बिहान ड्यूटी जान नउठेपछि उठाउन खोज्दा ज्यान गैसकेको भेटेको एउटै कोठामा बस्दै आउनु भएका मृतकका काका समिप रुम्बाले जानकारी दिनुभयो ।
सामान्य कामदारको रुपमा काम गर्न नीड इम्प्लोयमेन्ट सर्भिसेसमार्फत फुजेराह डिब्बामा रहेको खानबोली इलेक्ट्रोमेकानिकल कम्पनीमा आउनु भएका सुम्ब्बाको ज्यान जानुको कारण खुलेको छैन । अहिले मृतकको शव खुरफकान अस्पतालमा राखिएको र कम्पन सँग समन्वय गरिरहेको त्यही क्षेत्रमा कार्यरत नवलपुर सेवा समाजका सल्लाहकार शेर सुनारले उज्यालोलाई जानकारी दिनुभयो ।
मृत्यु भएका ३० वर्षीय रुम्बाको परिवारमा श्रीमतीसहित ९ वर्षीय छोरा र ४ वर्षीया छोरी हुनुहुन्छ । श्रीमानको ज्यान गएको खबरले मकवानपुरमै रहेकी श्रीमती रजिना रुम्बा अचेत अवस्थामा रहेको परिवारले जनाएको छ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।