सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
काठमाण्डाै - इटली लैजाने प्रलाेभन देखाउँदै अवैध मार्गबाट युद्धग्रस्त देश लिबिया पुर्याइएका १५ जना नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ ।
डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई दूतावासकाे पहलमा उद्धार गरेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली एजेण्टहरुबाटै गएका उनीहरुलाई एजेण्टले लिबियामा पुर्याएपछि अलपत्र पारेर छाडेकाे थियाे ।
पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्कीकाे उद्दार गरेर अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) राखिएकाे दूतावासले जनाएकाे छ ।
दूतावासका अनुसार, सबै कामदारलाई नेपाल फर्कने हवाई टिकट समेत शरण दिइरहेको आइओएमले नै मिलाइदिने व्यवस्था गरेकाे छ ।
एक साताअघि पनि दूतावासले सात जनालाई लिबियाबाट उद्धार गरेर नेपाल पठाएको थियो ।