च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बाँके – ने पालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवे श गर्ने ने पालीको लर्को देखिन्छ । जाजरकोट, दै ले ख, रुकुम, रो ल्पा, कालीको ट, सल्यान, प्युठान र दाङ्गका युवा समूह बनाएर भारततिर गइरहे का छन् ।
वषेर् बाली लगाउन घर आएकाहरु पुनः मजदुरीका लागि भारत फर्किएका हुन् । “घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ,” नेपालगञ्ज भन्सार नाकामा आफ्नो बाध्यता सुनाउँदै जाजरकोट छेडागाड नगरपालिकाका मानसिंह नेपालीले भन्नुभयो ।
घरबाट बिदाइको हात हल्लाएर निस्कने उहाँ मात्रै हुनुहुन्न । मानसिंहसँग गाउँका अन्य २०/२५ जना युवा पनि थिए । रोपाइँको काम सकिएपछि उनीहरु कमाउने ठूलो आश बोकेर भारततर्फ लागेका छन् । “यो बेला अब त्यति धेरै काम पनि हुँदैन,” त्यही ठाउँका मंगल पुनले भन्नुभयो – “अब एकैचोटि चाडपर्वमा फर्किने गरी कमाउनका लागि गइरहेका छौं ।” उहाँसँगै आएका सबै युवा भारतको सिमला, कालापहाड लगायतका ठाउँमा काम गर्न गएका हुन् ।
गाउँघरमा खेतीपातीको काम सकिएसँगै रोजगारीको व्यवस्था नरहेकाले भारत जान लागेको मानसिंहले बताउनुभयो ।
“घरमा खेतीपातीको काम सकिएको छ,” उहाँले थप्नुभयो – ‘अलिअलि बाँकी रहेका काम घरपरिवारका अरु सदस्यले गरी हाल्छन् । हामी अब एकैचोटि दशैंतिहारमा मात्रै उताबाट फर्किन्छौं ।’
रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरु भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि जाने गरेका छन् । खास गरेर उनीहरु स्याउ टिप्ने, घाँस काट्ने लगायतको कामका लागि जाने गरेको मानसिंह बताउनुहुन्छ ।
साउनमा गएकाहरु तीन/चार महिना काम गरेर दशैंतिहारमा फर्किन्छन् । उहाँका अनुसार चार/पाँच महिना काम गर्न पाएमा चाडपर्वका बेला ४०/५० हजार भारतीय रुपैयाँ जोगाएर ल्याउन सकिन्छ ।
पहिले पनि सिमला गइसक्नुभएका उहाँले भन्नुभयो – “काम राम्ररी गर्न पाइयो भने कमाइ पनि राम्रै हुन्छ तर, राम्ररी काम गरिएन भने भारु २०÷२५ हजार लिएर आउनुपर्छ ।” घरको आर्थिक अवस्था कमजोर भएर विदेशमा मजदुरी गर्न जान उनीहरु बाध्य भएका हुन् । चाडपर्व र खेतीपातीको काम सकिएपछि कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् ।
खेतीपातीको काम सकिएकाले केही कमाउने आशमा भारत जान लागेको सुर्खेत सिम्ता गाउँपालिकाका हरिश महताराले बताउनुभयो । “अब एकैचोटि चाडपर्व मनाउनका लागि फर्किन्छौ,” उहाँले भन्नुभयो । सिमलामा स्याउ टिप्ने र बोक्ने काममा जान लागेको उहाँले बताउनुभयो । भारत जानेमा उनीहरुमध्ये कोही यसअघि पनि त्यहाँ गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् ।
५० वर्ष नाघिसक्नु भएका सुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपाली गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यले विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आइरहनुभएको छ । उहाँले भन्नुभयो – “गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैं जानु पर्दैनथ्यो ।” आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि मध्यपश्चिमका पहाडी जिल्लाका ने पाली प्रायः भारतमा मजदूरी गर्नकै लागि जाने गर्छन् ।
सल्यान बनगाड कुपिन्डे नगरपालिकाका बलबहादुर बिष्टले वषेर् बाली लगाउन आएको र सिद्धिएपछि काममा फर्किएको बताउनुभयो । घरको आर्थिक अवस्था नाजुक भएका कारण मजदुरी गर्न भारत जान लागेको उहाँको भनाइ छ । “राम्रो काम पाएपछि धेरै समय बस्ने गरी गइरहेको छु,” उहाँले भन्नुभयो – “कहिले फर्किने भन्ने निश्चित छैन ।” पहाडी जिल्लाबाट युवा वर्ग भारत पसेपछि गाउँ नै सुनसान हुने गरेको छ ।
“खेतीबारी थोरै छ, परिवार पाल्नै प¥यो, खेती गरेर सधैं मजदूरीका लागि भारत जानैपर्छ,” भारत जाँदै गरेका सल्यानका रामबहादुर रावतले भन्नुभयो – “मजदूरीका लागि भारत नगई सुखै छैन ।” बेरोजगार युवा काम गर्न विदेश हिँडेपछि गाउँमा महिला, बालबालिका र वृद्धा मात्रै हुने गरेका छन् । धान रोपाइँ सकेपछि ३/४ महीना खाली बस्नुपर्ने र नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण उनीहरु भारत जान बाध्य भएको रावतले बताउनुभयो ।
ने पालगञ्ज नाकाबाट अहिले दै निक ७००/८०० को सङ्ख्यामा ने पालीहरु भारततिर गइरहे को सीमा प्रहरी चौकी जमुनाहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालले बताउनुभयो । उहाँले भन्नुभयो – “को ही समूह–समूह बनाएर त को ही दुई चारजना मिले र कामका लागि नाका पार गर्दैछन् ।”
अहिले गएका वा वर्षेबाली लगाउन घर नआएका ने पालीहरु दशैंतिहारमा घर फर्किन्छन् । त्यतिबे ला नाकामा भीड लाग्ने गर्छ । आफ्नो उत्पादनले ५/६ महिना खान नपुग्ने पहाडी जिल्लाका कतिपय मानिसहरु परिवारै सहित भारत जान्छन् ।
प्रहरी नायब निरीक्षक रिजालले भन्नुभयो – “बिहानैदेखि साँझसम्म मजदूरी गर्न नेपालीहरु दकाृएलागेर भारत गइरहेका छन् । दैनिक सयौं नेपाली कामका लागि देश छोडिरहेका छन् ।”
आफ्ना बालबालिकाको पढाइको चिन्तासँगै नूनतेलको जोहो गर्नकै लागि यहाँका युवालाई भारत जानुपर्ने बाध्यता छ ।