१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
१४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि सङ्क्रमित भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु नयाँ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरुलाई उच्च निगरानीमा राखिएकाे 'द नेशनल यूएई' ले जनाएकाे छ ।