खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
यतिखेर विदेशमा जागिर गुमाएका, क्वरेण्टीनमा बसेका र विभिन्न ढंगले अप्ठ्यारोमा परेका नेपालीहरु हुनुहुन्छ । परिवारसँग पनि राम्रोसँग सम्पर्क गर्न नसक्नुभएका नेपालीहरु पनि हुनुहुन्छ ।
विदेशमा आफन्त हुनेका परिवारले पनि हामीलाई फोन गरेर सोध्नुहुन्छ । उहाँहरुमा अलि धेरै चिन्ता, एन्जाइटीको लक्षण देखिन्छ । एकदमै डर लाग्ने, आफैंलाई भइहाल्यो भने के हुन्छ, कोरोना लाग्यो भने के गर्ने भन्ने चिन्ता छ ।
अनि जागिर नपाउने र जागिर गुमिसकेको जस्ता समस्याहरु पनि देखिएका छन् । त्यो सँगसँगै डिप्रेशनको समस्या पनि एकदमै बढ्दो छ । डिप्रेसन भनेपछि निराशाको भावना आउने, अब के हुन्छ भनेर सोचिरहने किसिमको समस्या उहाँहरुमा देखिन थालेको छ ।
यो संसारभर भइरहेको, विश्वभर फैलिएको सङ्क्रमण हो । विदेशमा भएकाहरुलाई परिवारको धेरै चिन्ता हुँदो रहेछ । यस्तै नेपालमा भएका परिवारलाई पनि विदेशमा रहेका आफ्ना मान्छेको चिन्ता हुँदो रहेछ ।
कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका घटनाहरु पनि थुप्रै सुनेका हुन्छन् । यसले व्यक्तिमा एक खालको डर र निराशा उत्पन्न हुन्छ । साउदीमा एकजनाले आफ्नी श्रीमती र बच्चा लिएर जानुभएको रहेछ । उहाँलाई श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने भएपछि शंका लागेर श्रीमती र छोरीलाई अलग्गै राखेर आफू क्वरेण्टीनमा बस्नुभएछ । उहाँ आफूलाई कोरोना लाग्यो भनेर आत्तिनुभयो । निराश भएर अब त मर्छु भन्नेसम्म पुग्नुभएको रहेछ ।
पछि नेपालमा रहेको उहाँको परिवारले हामीलाई सम्पर्क गर्नुभयो । हामीले तुरुन्तै वैदेशिक रोजगार बोर्डबाट दूतावासलाई फोन गर्न लगाएर उहाँलाई तुरुन्तै अस्पताल भर्ना गरियो । परीक्षण गरेपछि उहाँलाई कोरोना पोजेटिभ देखिएन । केही दिनपछि उहाँ राम्रो भएर डिस्चार्ज हुनुभयो ।
कतिपय सहयोग पनि खोज्न नसक्ने अवस्थाका हुनुहुन्छ । त्यस्ताहरु एक दुई दिन बढी भयो भने आत्तिएर मर्छु भन्नेसम्म पुग्ने, सिटामोल पनि किनेर खान नसक्ने, छटपटीने खालको स्थितिसम्म पुग्ने अवस्थासम्म गएको देखिन्छ ।
कोरोना सङ्क्रमण नै भएपछि आत्तिंदा रोग प्रतिरोधात्मक क्षमता घट्छ । यो त आखिर रुघा जस्तै कमजोर भाइरस हो । हाम्रोमा पनि मौसमी रुघाखोकी लाग्यो भने मान्छे मर्थे नि । अहिले भने मौसमी रुघाखोकी लाग्नेबित्तिकै कोरोना हो कि भनेर डराउने हुन थाल्यो । जस्तै सुरुमै सिन्धुपाल्चोकमा कोरोनाको हल्ला फैलियो । तर पछि त्यो कोरोना नभएर मौसमी रुघा भएको भन्ने पत्ता लाग्योे । त्यस्तै हुम्लामा पनि त्यस्तै भएको थियो ।
पहिले हरेक वर्ष मौसमी रुघा आउँथ्यो । अहिले कोरोनाबाट मानिस डराएका छन् । हामी भाग्यमानी भन्नुपर्छ, अहिलेसम्म कोरोना सङ्क्रमण देखिए पनि कोही कसैको ज्यान गएको छैन । खतराको लक्षण नदेखिएरै निको हुनुभएको छ ।
अब बाहिरको सन्दर्भमा त्यहाँ स्याहारसुसार, सहयोग जस्ता सामान्य कुराले पनि आत्मविश्वासमा फरक पार्दछ । त्यसैले विदेशमा बसिरहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हामीले विज्ञको रुपमा भन्नुपर्दा आफ्नो आत्मविश्वास कायम राख्नुहोस् । समयमा खाने, समयमा सुत्ने, प्रशस्त पानी पिउने गर्नुहोस् । फेसबुकमा आएका समाचारको भर नपर्नुहोस्, स्वास्थ्य मन्त्रालयका सूचनाहरु मात्र पढ्नुहोस् । डर लाग्यो भने साथीहरुसँग कुरा गर्ने गर्दा निराशा कम हुन्छ ।
आफ्नो मन दह्रो बनाएर, आत्मबल बलियो पार्दै जसरी रुघालाई जित्नुभएको थियो कोरोनालाई पनि त्यसरी नै जित्न सकिन्छ । आफ्नो भावनाहरुलाई परिवारसँग, साथीहरुसँग बाँड्ने गर्नुहोस् ।
यसरी कुरा गर्दा निराशाको कुरा, आफै त नेपाल आउन सकिएन भनेर दुःख मनाउने जस्ता कुरा गर्दै नगर्नुहोस् । यसले गर्दा आफू स्वयं र घरका मान्छेलाई पनि निराश बनाउँछ ।
यस्तो बेला परिवारका मान्छे, साथीभाइहरुको पनि निकै भूमिका हुन्छ । यस्तो खालको महामारी हामीले पहिले भोगेनौं । हामीले डराउनुपर्ने किन छैन भने यसको मृत्युदर एकदमै कम छ ।
विदेशमा भएका नेपालीहरुले त्यस्तो केही लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्ने, खानपिनमा ध्यान दिने, कम्पनीमा भए पनि आफ्नो समस्या राख्ने । साथीभाइहरुसँग पनि पीर चिन्ताका भन्दा पनि सकारात्मक किसिमका कुरा गर्ने गर्दा पनि त्यसले निकै राहत पुर्याउँछ ।
मनमा धेरै कुरा खेलाउनुको साटो सकारात्मक कुराहरु खेलाउने गर्नुपर्छ । लामो श्वास फेर्ने, आफूले मान्दै आएको धर्मका भगवानलाई पुकार्ने गर्दा तनाव कम हुन्छ ।
अनि समयमै खाना खाने, तातोपानी पिउने, चिसो खानेकुरा नखाने, दूरी कायम गरेर काम गर्ने र अरुलाई पनि सम्झाउने गर्नुपर्छ । यस्तै हामीले विगतमा पनि यो भन्दा धेरै दुःख भोगेका थियौं भनेर यो समस्यालाई केही होइन भनेर बुझ्नुपर्छ । यो समस्या आफूलाई मात्र होइन विश्वभरीका मानिसलाई समस्या भइरहेको छ भन्ने तथ्यलाई मनन गर्दै धैर्यता अपनाउनुपर्छ ।
अहिले कोरोनाले केही पनि बिग्रेको छैन, यो भन्दा ठूलो समस्या भूकम्पबाट त हामीहरु माथि उठेको हो भनेर आफूलाई आशावादी बनाउनुपर्छ ।
निद्रा नलागे पनि समसयमा सुत्ने गर्नुपर्छ । बिहान उठिसकेपछि कोठामै भए पनि गीत सुन्ने, नाच्ने गर्नुपर्छ । खानेकुरामा सागसब्जी, फलफूल लगायत सन्तुलित भोजन खाने गर्नुहोस् ।
कतिपय अवस्थामा सीमित खानेस्रोत मात्र हुन सक्छ, त्यस्तो बेला आफ्नो मनोबल उच्च राखेर खानेकुराहरु पाउने ठाउँमा समन्वय गरेर खाफूलाई सुरक्षित राख्न सकिन्छ । घरपरिवारमा पनि आफू सुरक्षित भएको जानकारी गरायौं भने उहाँहरु पनि ढुक्क हुनुहुन्छ । परिवारका मानिसलाई पनि सम्झाउने गर्नुपर्छ ।
ध्यान गर्ने, योग गर्ने गर्दा पनि हामीलाई धेरै सजिलो हुन्छ । त्यो अप्ठ्यारो हुन्छ भने पनि गीत लगाएर नाच्ने, गाउने गर्न सकिन्छ । तर तनाव कम गर्ने भनेर, चुरोट खाने, रक्सी खाने गर्नु हुदँैन । बरु चुइगम चपाउन सकियो ।
बेलाबेला मुठी कस्ने, नाकबाट गहिरो स्वास लिएर मुखबाट फाल्ने गर्न सकिन्छ । विगतमा भएका रमाइला कुराहरु याद गर्ने, आफूलाई हौसला दिने व्यक्तिसँग कुरा गरेर पनि आत्मबल जगाउन सकिन्छ । आफूलाई एकदमै गाह्रो भएको जस्तो लागेको छ भने मनोविद, मनोपरामर्शकर्ताबाट पनि सेवा लिन सकिन्छ ।
केही समय पहिले यूएईमा कोरोना पोजेटिभ देखिएपछि आत्महत्या गरेको भन्ने घटना पनि आयो । तर कोरोना सङ्क्रमण हुनेबित्तिकै आत्तिनु पर्दैन । अस्पतालमा गइसकेपछि झ्न डराउनै परेन । शरीरमा पहिल्यै, सुगर, ब्लड प्रेसर लगायत देखिएका छन् भने त अस्पतालले त्यही अनुसार उपचार गर्छ । सय जना कोरोना भाइरस लागेका मध्ये ८० प्रतिशतलाई त यसको लक्षण नै देखिंदैन, उनीहरुलाई क्वरेण्टीनमा राख्ने हो ।
बाँकी २० प्रतिशतमा पनि १५ प्रतिशत आइसोलेशनमा छुट्टै अर्थात कसैसँग सम्पर्क नहुने गरी मात्र राख्ने हो । पाँच प्रतिशतलाई मात्र अलि गम्भीर देखिन्छ, विशेषगरी यसले समस्या ल्याउने भनेको श्वासप्रश्वासमा समस्या हुने, निमोनिया देखिने हुन्छ । उहाँहरुलाई त्यस्तै विशेष तरिकाले आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्ने हो । उहाँहरुलाई पनि उपचार गरेर निको पारेर पठाएकै छ ।
तर यस्तो अवस्थामा पीर चिन्ता गर्यो भने कोरोना विरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता घट्छ । अरु मानसिक समस्याहरु बढ्छ । यदि तपाईंहरुलाई पनि त्यस्तो छ, विदेशमा भएको आफ्नो मान्छे त्यहाँ कोरोनाको उपचार गराइरहेको छ भने त्यो जनाकारी चाहिन्छ भने हामीजस्ता मनोविदलाई सम्पर्क गर्न सक्नुहुन्छ ।
अस्पताल भर्ना हुनेबित्तिकै के के न भयो भनेर आत्तिनुहुन्छ । अस्पतालमा पुगिसकेपछि त उपचार पाउने ठाउँमा पुगिसक्नुभयो नि, किन चिन्ता गर्नुपर्यो । कोरोनाको उपचार हुने ठाउँ यही हो अब मेरो रोग निको हुन्छ भनेर आफूले पनि आत्मबल बढाउनुपर्यो । नेपालमा भए पनि त अस्पतालमै उपचार हुने हो नि ।
उपचारमा पनि आफूले सहयोग गर्नुपर्यो । गर्न नहुने कुरा गर्नुभएन । चुरोट रक्सी खाने, चिन्ता लिने गर्नुभएन । यसले रोग प्रतिरोधात्मक क्षमतालाई झन् घटाउँछ । आफूले मन दह्रो बनायो भने रोग पनि छिटो निको हुन्छ ।
निको भएकाहरुको अधिकांशको भनाइ नै मैले आत्मबल दह्रो बनाएर कोरोना जितें भन्ने छ । भारतमा एकजना ९८ वर्षे वृद्धले पनि कोरोना जित्नुभएको थियो । उहाँले पनि आफूले आत्मबल दह्रो बनाएकै कारण कोरोना जितेको भन्नुभएको थियो ।
त्यही भएर कोरोना जित्नलाई आत्मबल दह्रो चाहिन्छ । सँगसँगै आफूले पनि उपचारमा सहयोग गर्नुपर्छ । म अस्पतालमा छु ठिक भइहाल्छ भनेर परिवारका मान्छेलाई पनि सम्झाउनुपर्छ । कहिलेकाहीँ विभिन्न कारणले उपचार गतिलो नभएको भनेर गुनासो आउन सक्छ, त्यस्तोबेला नजिकको कन्सुलर, दूतावासमा सम्पर्क गर्न सक्नुहुन्छ ।
तर आत्तिएर घरमा फोन गर्ने, म बर्बाद भएँ, मलाई कोरोना लाग्यो भन्यो भने परिवारको मान्छे पनि आत्तिने उहाँहरु पनि के गर्न सकिन्छ भनेर यताउता दगुर्दा उहाँलाई पनि कोरोना लाग्न सक्छ ।
त्यही भएर जो जहाँ हुनुहुन्छ सुरक्षित बस्नुहोस् । यदि अप्ठ्यारो छ भने दूतावासमा सम्पर्क गर्नुहोस् । मानसिक रुपमा सहयोग चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। यस्तै स्वास्थ्य मन्त्रालयको ११४५ नम्बरमा सम्पर्क गर्नुभयो भने पनि धेरै जानकारी पाउन सकिन्छ । नेपाल सरकारको कल सेन्टरमा फोन गर्नुहोस् । हामीलाई पनि सीएमसी नेपालको हटलाइन नम्बर १६६००१८५०८० मा फोन गरेर आफ्ना समस्या भन्न सक्नुहुन्छ ।
कोरोनालाई जित्न आत्मबल चाहिन्छ, आत्मबल बनाउन आफूले सकारात्मक सोच्नुपर्यो । सकारात्मक सोच्न गाह्रो हुन्छ भने, नजिकको साथीसँग अथवा, मनोचिकित्सकसँग सम्पर्क गर्न सकिन्छ । यस्तै विगतमा मैले योभन्दा पनि ठूला समस्यालाई जितिसकेको छु भनेर सम्झनुपर्छ ।
महत चिकित्सा मनोविद हुनुहुन्छ ।