उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
म अहिले श्रीमतीसँगै यूएईमा छु । श्रीमती चार महिनाकी गर्भवती छिन् । गर्भवतीको पीडा कति हुन्छ, त्यो पनि यो लकडाउनमा कि गर्भवती स्वंले बुझ्छिन्, कि त उसको श्रीमानले बुझ्छ ।
हामी परदेशको मरुभूमिमा त्यही पीडा भोगिरहेका छौं । कोरोना भाईरसको महामारीले गर्दा नेपाल आउने जाने सबै बाटो बन्द भएपछि हामीहरु नेपाल फर्किन नपाउँदा यहाँ समस्यामा परेका हौं ।
श्रीमतीको कामदार भिसा आउँदो जुन २० तारिखमा सकिंदैछ । श्रीमतीको भिसा सकिने समयमै नेपाल फर्किने भन्ने सोच थियो । तर विश्वव्यापी फैलिरहेको कोरोना महामारीको यो विषम परिस्थितिले गर्दा अवस्था सामान्य छैन ।
यस्तो अवस्थामा श्रीमतीलाई पनि पटकपटक स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । उनलाई लिएर म यहाँको कुन–कुन अस्पतालमा पुगौं रु जताततै कोरोना महामारीको आतंक छ । म आफूलाई भन्दा पनि श्रीमतीलाई र गर्भको सन्तानलाई केही हुन्छ कि भनेर चिन्तित छु । हुन त चिन्ता नलिनु भन्छन् । तर एउटा श्रीमान् र बुवाको मनले चिन्ता नमानी कहाँ बस्न सक्छ र ?
हामी श्रीमान श्रीमती अलग–अलग कम्पनीमा काम गर्छौं । हामीसँग नेपाल सरकारबाट स्वीकृत विवाह दर्ताको प्रमाणपत्र छ । दुई महिनादेखि बिना काम, बिना तलब कोठामा बसिरहेका छौं ।
अहिले नै अन्तर्राष्ट्रिय उडान खुल्ने कुनै निश्चित छैन । यदि उडान खुलेन र हामीले बच्चा जन्माउने प्रक्रिया यतै गर्नुपर्यो भने हाम्रो आर्थिक अवस्थाले पनि त्यो धान्न सक्दैन । हामीसँग यसको अरु कुनै विकल्प नै छैन ।
यस्ता समस्या विषयमा सरकारले कुनै योजना बनाएको छ कि छैन ?