पालिका उपचुनाव : ३५ पदको नतिजा सार्वजनिक
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।
यस्तै अर्को खेलमा चेल्सीले एस्टन भिलालाई ३–० ले र म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० गोलले पराजित गरेका छन् । टोटनह्याम हट्सपर र फुलहमले भने १/१ गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिगमा लिभरपुल ३४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल २५ अङ्कसहित दोस्रो स्थानमा छ । चेल्सी २५ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।