एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै रुकुमकाे पुथा उत्तरगङ्गामा माओवादी विजयी

 मंसिर १७, २०८१ सोमबार १५:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नरपुरा बुढा हुनुभएकाे छ ।

बुढाले ३ हजार ६ सय २७ मत ल्याएर विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १सय २८ मत प्राप्त गर्नुभएकाे छ ।

पुथा उत्तरगङ्गामा एमाले र कांग्रेसले गठबन्धन गरेका थिए । तर पनि माओवादीकी उम्मेदवार बुढा १५ सयभन्दा धेरै मतले विजयी हुनुभयाे ।

नेकपा एमालेकी जिल्ला कमिटीकी उपसचिव तुलाचनले कांग्रेसको चुनाव चिह्न रुखबाट चुनावमा प्रतिस्पर्धा गर्नुभएकाे हाे । यसअघि पनि यहाँ मा‌ओवादी विजयी भएको थियो ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया