एमाले–कांग्रेस गठबन्धनलाई पछि पार्दै रुकुमकाे पुथा उत्तरगङ्गाम...
मंसिर १७, २०८१ सोमबार
पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ ।
पर्सामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्न नियमित रूपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिम प्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका १५ करोड १८ लाख रुपैयाँ पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
यसमा भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटर पार्ट्स, खाद्यान्न पदार्थ र किराना सामान, बिलबिजक नभएका सामान, काठ, गाँजा तथा अन्य लागूऔषध रहेका छन् ।
सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने ३४ करोड २७ लाख ७८ हजार रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।