भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – कोरोना विरुद्धको दुवै मात्र खोप लगाएर कतार गएका यात्रुले क्वरेण्टीन बस्न नपर्ने भएको छ ।
कतार सरकारले पछिल्लो समय आफ्नो यात्रा नीतिलाई परिवर्तन गर्दै कोरोना विरुद्धको खोप लगाएर आउनेहरूले क्वरेण्टीनमा बस्न नपर्ने नियम ल्याएको हो । जुलाई १२ अर्थात् असार २८ गतेदेखि कतार सरकारको यो निर्णय कार्यान्वयनमा आउने छ ।
कतारले देशहरूलाई हरियो, पहेँलो र रातो गरी तीन वर्गमा विभाजन गरेको छ । रातो सुचीमा परेका देशबाट जाने यात्रुहरूले भने कतार पुगेपछि पीसीआर परीक्षण गर्न पर्छ ।
कतार जानेहरूले कतार पुग्नुभन्दा १२ घण्टा अघि "Ehteraz" वेवसाइट (WWW.EHTERAZ.GOV.QA) मा सम्पूर्ण कागजातसहित विवरणहरू भर्नुपर्छ ।
कतारले फाइजर, मोडेर्ना, कोभिसिल्ड, जोन्सन एण्ड जोन्सनलाई मान्यता दिएको छ । यसै गरी चिनिया कम्पनी सिनोभ्याकद्दारा उत्पादित भेरोसेल (कोरोनाभ्याक) तथा सिनोफार्मद्दारा उत्पादित खोपलाई केही सर्त सहित मान्यता दिएको छ ।
भेरोसेल लगाएकाहरुको कतार पुगिसकेपछि एण्टीबडी परीक्षण हुन्छ ।
परीक्षणमा एण्टीबडी विकास भएको देखिएमा क्वरेण्टीनमा बस्न पर्दैन । एण्टीबडी विकास भएको नदेखिएमा क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाइएको छ ।
यसै गरी पूर्ण खोप लगाएको १४ दिन नकटेको भएमा, एक मात्रा मात्र लगाएको भएमा(जोन्सन एण्ड जोन्सन बाहेक) क्वरेण्टीनमा बस्नु पर्ने कतारले जनाएको छ ।
रातो सुचीमा परेका देशबाट खोप नलगाई जाने यात्रुले भने १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्छ । उनीहरूले कतार पुगेपछि र क्वरेण्टीनको ९ औँ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण नेगेटिभ आएमा १० औँ दिनमा आफ्नो गन्तव्यमा जान सकिन्छ ।