भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
'सुपर–फाेर' काे अन्तिम खेलमा सुदूरपश्चिमले बाग्मती प्रदेशलाई ३० रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बाग्मती १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । बाग्मतीकी यशोदा विष्टले सबैभन्दा धेरै ३० रन बनाइन् । सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले २/२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनायो । सुदूरपश्चिमकी ऋतु कनौजियाले नटआउट ३४ रन बनाइन् । बाग्मतीका सोनु खड्का र मनिषा उपाध्यायले ३/३ विकेट लिए ।
अब सुदूरपश्चिमले उपाधिका लागि फाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । आजै भएकाे खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ फाइनलमा पुगेकाे छ । फाइनल खेल भोलि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।