भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – बाग्मती युथलाई हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा सातदोबाटोमा आज भएको इलिमिनेटरमा पुलिसले बाग्मती युथलाई १–० गोलले हरायो । पुलिसको जीतमा अमृता जौशीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् ।
एन्फा महिला लिगको पहिलो क्वालिफायरमा भोलि लिग चरणमा शीर्ष भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लब र दाेस्राे भएकाे त्रिभुवन आर्मी क्लब खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले दोस्रो क्वालिफायरमा आउँदो सोमवार पुलिससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोली फाइनलमा पुग्नेछ ।
फाइनल खेल आउँदो बुधवार दिउँसो २ बजे त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।