इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको उपाधिका लागि आज आर्मी र पुलिस...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण सेवाग्राहीहरूले कोरोना कहरकाे बेला पनि भिडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् । मङ्गलवार बिहानैदेखि काठमाण्डाैकाे कान्तिपथमा रहेकाे राहदानी विभागमा पुगेका सेवाग्राहीहरूले कोरोनाकालमा स्वास्थ्य मापदण्ड पालना कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भिडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको प्रतिक्रिया दिएका हुन् ।
छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाण्डाै आउनुभएका दिलबहादुर गुरुङले सरकार आफैँले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोनाकालमा पनि भिडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उहाँले आफैँले भौतिक दुरीमा बसेर काम गर्न नियम बनाउने तर सरकारले नै भिडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । गुरुङले प्रदेश र पालिकाबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएको छ ।
त्यस्तै धनुषाबाट आएका धीरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गर्नुभयो । उहाँले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दुरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरू अलमलमा परेको पनि बताउनुभयो ।
राहदानी नवीकरणका लागि बिहानै पुग्नुभएका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भिडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उहाँले कोरोनाको जोखिम मोलेर पनि आफूहरू राहदानी लिन भिडमा बस्न बाध्य हुनुपरेको पनि स्पष्ट पार्नुभयो ।
सरकारले सामाजिक दुरीको कुरा गरे पनि सेवा लिने बेलामा भिडको व्यवस्थापनसमेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उनीहरूले काठमाण्डाैमा आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।