भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – कुवेतले आफू महामारीको तेस्रो लहरबाट बाहिरिएको जनाएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयको कोभिड १९ समितिका सदस्य डाक्टर खलेद अल सइदले देशमा खोप अभियानको सफलतासँगै कोरोनाको सम्भावित तेस्रो लहरबाट देश बाहिरिएको बताउनुभएको हो ।
कुवेतमा रहेका २६ लाख ६८ हजार मानिसले कोरोना विरुद्धको खोपको कम्तिमा एक डोज लगाइसकेको सइदको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । खोप लगाउनको लागि योग्य ६८ प्रतिशत भन्दा बढीले खोप लगाइसकेको बताइएको छ ।
कुवेतले १२ वर्ष उमेर माथिका सबै नागरिकलाई खोप लगाउन योग्यको सूचीमा राखेको छ । कुवेतमा पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको छ । गएको शनिबार कुवेतमा आठ महिना यताकै कम संक्रमित अर्थात् तीन सय ७५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।