इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको उपाधिका लागि आज आर्मी र पुलिस...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै झण्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरि ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नेपाल सरकारले रोजगारीको लागि मान्यता दिएका विभिन्न ८४ वटा देशहरुमा जानेको संख्या हो ।
कोरोना महामारी केही कम भएसँगै वैदेशिक रोजगारीमा जानेहरु पनि बढीरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीको लागि धेरैको रोजाइमा कतार परेको छ । कात्तिकमा कतारको लागि १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि साउदी जानको लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १३ हजार पाँच सय ५० जनाले रोजगारीको लागि यूएई रोजेका छन् ।
विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । ६८ जना व्यावसायिक रुपमा गइरहेका छन् भने चार हजार ६ सय ५९ जना अर्धदक्ष रुपमा गइरहेका छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४ सय ५६ जना दक्ष र २६ हजार ७ सय २३ जना अदक्ष रहेको विभागको तथ्याँकमा उल्लेख छ ।
Santosh kumar ahrestha
Nov. 19, 2021, 5:52 p.m.सरकारले स्वरोजगार कार्यक्रम ल्याउने भनेको पनि भाषण मै सिमित छ।हामी युवा बाध्य छौ बिदेसिन , रहरले हैन कहरले बाहिरिरहेको छौ।