एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस भएकाले नआत्तिन सरकार...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – नवलपरासीको रामग्राम नगरपालिकाले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गर्दै खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि यही मङ्सिर १४ गते भेरोसेल र कोभिडसिल्ड खोप लगाउने नगरपालिकाले जनाएको छ ।
यसअघि खोप नलगाएका वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई भिसा र पासपोर्टको आधारमा खोप लगाइने छ । खोप लगाउन जाँदा भिसा र पासपोर्ट लिएर जानुपर्छ ।
खोप नवलपरासीको स्वास्थ्य कार्यालयको संस्थागत क्लिनिकमा लगाइने छ । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने छ ।