ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाबाट विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट वितरण सुरु भएको छ ।
काठमाण्डौ उपत्यका बाहिरका जिल्लाबाट पनि छिटै वितरण सुरु हुने राहदानी विभागले जनाएको छ । विभागका महानिर्देशक डोरनाथ अर्यालले पूर्व–पश्चिम राजमार्गसँग जोडिएका जिल्लाबाट केही दिनभित्रै ई–पासपोर्ट वितरण सुरु हुने जानकारी दिनुभयो । त्यसपछि क्रमशः सबै जिल्लाबाट ई–पासपोर्ट वितरण सुरु हुने उहाँको भनाइ छ ।
विभागले मंसिर १ गतेदेखि काठमाण्डौबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी र ई–पासपोर्ट दुवै वितरण हुँदै आएकोमा भोलिदेखि एमआरपी वितरण बन्द हुने भएको छ । अब ई–पासपोर्टको मात्रै काम हुने हुँदा अहिलेसम्म देखिएका झण्झट अन्त्य हुने महानिर्देशक अर्यालको भनाइ छ ।
ई–पासपोर्टको लागि आवेदन दिँदा अनलाइन प्रणालीमा समस्या हुने लगायतका झण्झट देखिएको सेवाग्राहीको गुनासो छ । अब यस्तो गुनासोको अन्त्य हुने र सजिलै ई–पासपोर्ट लिन सकिने अर्यालले दाबी गर्नुभयो । ई–पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ । हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई–पासपोर्ट आएको हो ।
चिप्स र विद्युतीय बारकोडसहितको ई–पासपोर्टलाई सुरक्षित र भरपर्दो मानिन्छ।
Nirmaya Tamang Lama
Dec. 15, 2021, 2:08 p.m.मलाई पनि इ पासपोर्ट चाहियो /
Gobind sahani
Dec. 14, 2021, 6:49 p.m.E-passport
Nima sangmu yonjan
Dec. 14, 2021, 8:06 a.m.इ पासपोर्ट बनाउन जिल्लावाट सिफारिस ल्याउनुपर्छ कि पर्दैन , कृपया भनिदिनुस /
Arjun Bhattarai
Dec. 14, 2021, 7:08 a.m.इटहरी बासिले कैले बाट जिल्ला बाट लिन मिल्छ ई pasaport .
Somlal pakhrin
Dec. 13, 2021, 11:33 p.m.हाल म दुबईमा छु / इ पासपोर्टको फाराम कहिलेदेखि शुरु हुन्छ दुबईमा ? अनि के के पेपर चाहिन्छ ?
Bir bdr ghale
Dec. 13, 2021, 8:48 p.m.मेरो एम आर पी छ, अहिलेको लागि काम लाग्छ कि लाग्दैन , भनिदिनुपर्यो /
BHAGYA MAN THING
Dec. 13, 2021, 3:23 p.m.मलाई पनि इ पासपोर्ट चाहियो /