वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बिजुली कटौती हुन थालेपछि ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ ।
भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ ।
Mohan timsina
Jan. 22, 2022, 3:29 p.m.पारिवारिक भिजिट भिसा पनि बन्द हो र /
Ganesh aryal
Jan. 22, 2022, 1:38 a.m.दुबई आउनु भन्दा पहिले सोचेर मात्रै आउनुहुन सबैमा अनुरोध । यहाँ काम पाउन त्यति सजिलो छैन, कसैको रिफ्रेन्स चाहिन्छ । कोहि जिम्मा नबसी अन्जान व्यक्तिलाई भन्ने बित्तिकै कसैले काम दिदैन । जसले दिन्छ भिजिटमै अड्काएर काममा दलाएर ईलिगल बनाएर छोड्छ । त्यसैले दाजु भाई दिदी बहिनीहरू अहिले सकभर भिजिटमा आउदै नआउनु, एजेण्टले एअरपोर्ट कटाएर मात्र हजुर हरुले काम पाउने हैन । यता आएर काम पाउन धेरै मेहनत गर्नुपर्छ । ईण्टरभ्युमा एकपल्ट, एक ठाउँमा गएर हुदैन, धेरैपटक धाउनुपर्छ । ट्याक्सी चढ्नुपर्छ, मेट्रो, बस जहाँतहि पुग्दैन, रूम लिनुपरो, खानुपरो, मोबाईल तथा ईण्टरनेट चलाउनु परो । बिरामी होला ओखती गर्नुपरो । काम पाईनै हाले पनि कमिशन दिनुपरो । धेरैले काम दिने भनेर पैसा लुट्छन, अलपत्र पार्छन, हजुरहरु सङ्ग भएको १०० दिराम पनि छोड्दैन, खाली बनाउँछन् । त्यसैले भनेको मान्नु हुन्छ भने: नेपालमै ईण्टरभ्यु दिएर भरपर्दो मेनपावर कम्पनीबाट आउनुहोला। हातमा सीप छ, लगन छ, अनुभव छ, पढाइ पनि छ भनेर मात्र हुदैन है दुबईमा, नेपालको अनुभव र पढाईलाई यहाँ हामीले सोचे जस्तो गन्दैन । जे कुरा पनि जिरोबाट शुरू गर्नुपर्छ । अहिले भिजिटमा २००० जति काम खोज्दै छन् यहाँ, यो नेपालको मात्र फिगर हो । विन्ती नआउनु है भिजिटमा । #जय_नेपाल