कतार : ट्राफिक नियम उलंघनमा दिइएको ५० प्रतिशत छुट मार्च सम्म कायम

 माघ ९, २०७८ आइतबार १२:३५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार सरकारले ट्राफिक नियम उलंघनमा दिएको ५० प्रतिशत छुट २०२२ को मार्च १७ सम्म कायम राखेको छ ।

कतारको आन्तरिक मामिला मन्त्रालयले त्यहाँ गाडी चलाउँदा ट्राफिक उलंघन गरेकाहरुलाई मार्च १७ सम्म ५० प्रतिशत जरिबाना कम गरेको हो । याे छुट सुविधा गएकाे डिसेम्बर १८ देखि लागू भएकाे हाे । कतारमा रहेर ट्राफिक उलंघन गरि जरिबाना परेका नेपाली श्रमिकहरुलाई समयमै भुक्तानी गरि लाभ लिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कतारमा ट्राफिक उलंघन गरेर सवारी साधनमाथि लगाइएका प्रतिबन्ध रेकर्ड भएको भए पनि यस सुविधाबाट छुट पाइने दूतावासले जनाएको छ  । 

जरिबानाको भुक्तानी विद्युतीय माध्ययमबाट गर्न सकिन्छ । मेट्रास २, आन्तरिक मन्त्रालयको ई सर्भिस पोर्टल र आफैंले चलाउन मिल्ने कियोस्कहरु तथा ट्राफिक निर्देशनालयका सेवा काउन्टरहरुबाट भुक्तानी गर्न सकिन्छ ।
 

तपाईको प्रतिक्रिया