कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
उदयपुर – त्रियुगा नगरपालिका १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा आधारित १६ नम्बर वडाका चार सडक योजनामार्फत यो क्षेत्रका १०९ घरपरिवारलाई रोजगार व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
मङ्गलबार चार सडक निर्माण योजनाको नगर प्रमुख देवीकुमारी चौधरीले शिलान्यास गरेपछि यो सडक योजनामा यस क्षेत्रका १०९ घरपरिवारलाई रोजगारसहित परिचालन गरिएको वडाध्यक्ष मानबहादुर राईले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस क्षेत्रका महिला, दलित र जनजाति तथा पिछडा र विपन्न वर्गका युवा तथा महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक रोजगारी प्रदान गरिएको नगरपालिकाकी अधिकृत निशा घलेले बताउनुभयो ।