देशका केही ठाउँमा हल्का हिमपात र छिटपुट वर्षाको सम्भावना
फागुन २८, २०८१ बुधबार
दक्षिण कोरिया – कोरियन रोजगार तथा श्रम मन्त्रालय र प्रवासी मजदुर विभागबिच श्रम शोषणको अन्त्य गर्ने विषयमा छलफल भएको छ । छलफलमा प्रवासी मजदुर संगठन एमटियुले मागपत्र पनि बुझाएको छ । एमटियुले कामदारको बिभिन्न समस्या समाधान गर्न र डब्लुपिएस लागु गर्नु पर्ने प्रमुख मुुद्दाको रुपमा अघि सारेको संगठनका महासचिव मधुसूदन ओझाले जानकारी दिनुभयो ।
त्यस्तै, रोजगार अनुमति प्रणालीमा कम्पनी परिवर्तन गर्न कम्पनीको अनुमति चाहिने ,कम्पनीले अनुमति नदिए कम्पनी एक पटक पनि परिवर्तन गर्न नपाउने लगायतका माग रहेका छन् ।
त्यसैगरी कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा जान नपाइने, परिवार ल्याउन नपाइने, कम्पनी परिवर्तन गरेमा फेरि कमिटेडमा आउन नपाउने जस्ता नियम खारेज गरि इपिएसको सट्टामा स्वच्छाले कम्पनी परिवर्तन गर्न पाउने डब्लुपीएस लागु गर्न माग गरिएको छ ।
त्यस्तै थेजिकुम कम्पनी छोडेको १४ दिन भित्र सम्बन्धित मजदुरलाई दिनु पर्ने नियम मजदुर कानुनमा भएको तर प्रवासी मजदुरको हकमा थेजिकगुम पाउन कोरिया छोड्नु पर्ने कानुन पनि खारेज गर्नु पर्ने माग राखिएको छ ।