एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जानको लागि गएको फागुन महिनामा मात्रै ५३ हजार भन्दा बढीले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिएका समेत गरि फागुनमा ५३ हजार चार सय ५७ जनाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
जसमध्ये ४ हजार ७ सय १४ महिला र बाँकी पुरुष रहेका छन् । यस्तै ३ हजार १ सय २८ महिला समेत गरि २७ हजार ५ सय २० जनाले पहिलो पटक वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।
विभागको तथ्यांकका अनुसार सबैभन्दा धेरै साउदी जानको लागि १५ हजार ६ सय ८५ जनाले र कतारको लागि १५ हजार ६३ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, यूएईको लागि ११ हजार चार सय ९८ जना र कुवेतको लागि ४ हजार ७ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।
यसरी जानेमध्ये ८ जना उच्च दक्ष, ६८ जना प्रोफेसनल र ४ हजार ९ सय ९६ जना अर्ध दक्ष रहेका छन् । यस्तै, २३ हजार ६६ दक्ष र २५ हजार ३ सय १९ जना अदक्ष रहेको विभागको तथ्यांकमा उल्लेख छ ।