एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
खोटाङ – वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि आय आर्जनमा लागेका परदेशीका परिवारलाई व्यवसायीक रूपमा अघि बढ्न लघु उद्यम विकास तालिम प्रदान गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको आर्थिक सहयोगमा बाल सेवा समाज नेपालले सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी र कक्षामा बसेपछि आयआर्जनमा लागेका १० जना गरी ४२ जना महिलालाई लघु उद्यम विकास तालिम प्रदान गरेको हो ।
तालिममा सहभागी ४२ जनाले आ—आफ्नो बजार, स्रोत, पुँजी र सीप अनुसारको व्यवसायीक योजनाको आधारमा व्यवसायलाई थप टेवा पु¥याउने सामाग्री समेत सहयोग गर्ने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।
सामी परियोजना अन्तर्गत अहिले वित्तीय साक्षरता कक्षा दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ६ नेर्पामा सञ्चालन भई रहेको छ । कक्षामा सहभागी भएका मध्ये २० जनालाई लघु उद्यम विकास तालिममा समाबेस गराइएको छ भने बाँकी ७० जना सहभागीलाई पनि व्यवसायीक योजनाको आधारमा कृषि सामाग्री वितरण गरिने भएको छ ।
तालिममा सहभागीले बनाएको व्यवसायीक योजनाको छनोटको आधारमा, व्यवसायीक कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्नेहरू ३६ जना, चटपटे तथा किराना पसल ४ जना, होटल तथा खाजा घर सञ्चालन गर्ने १ जना र सिलाई कटाइमा व्यवसायीक रूपमा लाने १ जना रहेका छन् ।
नगरपालिकाको समन्वयमा सहभागीलाई व्यवसायीक योजनाको आधारमा सामाग्री खरिदको प्रक्रिया सुरु भएको कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।