एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – विभिन्न एजेन्सीहरूले राहदानीको बहाल म्याद एक वर्ष हुँदा हुँदै पनि भिसाको प्रक्रिया अघि बढाउन नमानेपछि वैदेशिक रोजगारीमा जान खोज्नेलाई समस्या भएको छ ।
पछिल्लो समय विभिन्न एजेन्सीहरूले २ वा ३ वर्षभन्दा बढी बहाल म्याद भएको राहदानी उपलब्ध गराए मात्र विदेश जाने भिसाको प्रक्रिया गरिदिने नत्र नगरिदिने भनेको भन्दै सेवाग्राहीहरू राहदानी बनाउन राहदानी विभाग पुग्ने गरेका छन् । तर विभागले एक वर्षभन्दा बढी म्याद हुँदासम्म नयाँ राहदानी जारी गर्ने व्यवस्था नभएको स्पष्ट पारेको छ ।
राहदानीको बहाल म्याद एक वर्षभन्दा बढी हुँदासम्म नयाँ राहदानी बनाउनको लागि आवेदन नदिन विभागले अनुरोधसमेत गरेको छ । ऐन अनुसार राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण हुँदैन । त्यसैले विभागले एक वर्षभन्दा बढी राहदानीको म्याद भएमा नयाँ राहदानीको लागि आवेदन नलिन सबै जिल्ला प्रशासन कार्यालय र विदेशमा रहेका नियोगहरूलाई समेत सूचित गरेको छ । एमआरपीको म्याद एक वर्षभन्दा कम भएमा मात्र विद्युतीय राहदानीको लागि आवेदन दिन सकिन्छ ।
राहदानीको म्याद ६ महिना भन्दा बढी हुँदा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिन्छ । त्यस कारण आफूलाई राहदानी आवश्यक नहुँदासम्म नवीकरण गर्न नपर्ने पनि विभागले उल्लेख गरेको छ ।
बहाल म्याद सकिने बित्तिकै नवीकरण नगरेमा कुनै जरिबाना नलाग्ने भएकाले आफूलाई आवश्यक परेको बेलामा मात्र राहदानी नवीकरण गर्न राहदानी विभागले सबैलाई अनुरोध गरेको छ ।