एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैदेशिक रोजगारीमा गएकाहरुका परिवारसँगै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाएको छ ।
डिसेम्बर १८ मा आप्रवासीको सरोकारको विषयलाई लिएर मनाइने यो दिवस श्रमिकहरुकै परिवारसँग छलफल गरेर दुई दिनसम्म मनाइएको हो । नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गत रेमिट्यान्स सदुपयोग र व्यवस्थापन कक्षामा सहभागी आप्रवसीका परिवारहरुसँग दिवस मनाइएको हो ।
कार्यक्रममा सहभागीहरुले घरमा एक्लै हुँदा भोग्नु परेका समस्य चुनौतीहरु साथै अनुभवहरु सुनाएका थिए । उनीहरुले विदेशमा रहेका परिवारको सदस्यलाई चाँडै घर फर्काउने र अब फेरि विदेश नजानका लागि आफूले पनि आम्दानीमूलक काम सुरु गरिसकेको पनि बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधि र पालिकाका प्रमुख प्रशासकीय अधिकृतले आप्रवासीका परिवारले आम्दानीमूलक काम गर्न चाहेमा सीपमूलक तालिम लगायतमा सहयोग गर्ने बताउनुभयो ।
यस्तै दिवस मनाउने क्रममा आप्रवासीका परिवारलाई वचत गर्ने बानी बिसाउन भन्दै सांकेतिक रुपमा खुत्रुके पनि बाँडिएको छ ।