एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – राहदानी विभागले विद्युतीय राहदानीको प्री इनरोलमेन्टका लागि बुकिङ खुला गर्ने समय परिवर्तन गरेको छ ।
यसअघि बिहान ११ बजे बुकिङ खुला गर्दै आएको विभागले अबदेखि दिउँसो ३ बजेर ३० मिनेटमा अनलाइन बुकिङ खोल्ने जनाइएको छ । बिहानको समयमा अत्यधिक चापको कारण वेबसाइटमा प्राविधिक समस्या देखिने र सेवाग्राहीले फारम भर्नै नसक्ने भएपछि अनलाइन बुकिङको समय परिवर्तन गरेको विभागले जनाएको छ ।
जिल्ला र इलाका प्रशासन कार्यालयले पनि यही समयमा बुकिङ खुला गर्दा विभागको पेज खुल्नै समय लाग्ने र हाई ट्राफिक भोलुम भन्नेजस्ता समस्या देखिएपछि राहदानी विभागमै आएर राहदानी बनाउनेहरूका लागि अबदेखि दिउँसो साढे तीन बजे अनलाइन बुकिङ खुला हुनेछ ।
विद्युतीय राहदानीका लागि अनलाइनबाटै प्री इनरोलमेन्ट गरी तोकिएको समय र मितिमा मात्र कार्यालयमा उपस्थित हुन पर्छ । कार्यालयले अनलाइन बुकिङ खुला नगरेको समयमा अनलाइन प्री इनरोलमेन्ट गर्न मिल्दैन ।
विभागले दैनिक निश्चित कोटा तोकेर अनलाइन बुकिङ खुला गर्छ ।
Ganesh parajuli
Dec. 19, 2022, 8:15 p.m.यो कुरामा म सहमत छैन , किनभने पासपोर्ट बनाउने अधिकार सबै नेपाली नागरिकको हो / समय र मिति तोकिदिंदा एजेन्टले फर्म भरेको नै ३-५ हजार लिने गरेका छन् / यसको जिम्मा कसले लिने ?? एजेन्टले फर्म भर्दा चाहेको समय पाउने ? अनि हामीले अनलाइन भर्दा समय नै नपाउने ?? यो प्रक्रिया अविलम्व बन्द होस् , फर्म जहिले पनि खुल्ला गर्नुस, भीड नै हुँदैन , सजिलो गरे सबै आफ्नो समयमा आउछन / समस्या समाधान !