एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – महिलालाई अश्लिल म्यासेज पठाएर मानसिक दुःख दिने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको क्रममा दुबई गएका रुपन्देहीका विश्वनाथ कुर्मीलाई नेपाल फर्किने क्रममा गएको शुक्रबार प्रहरीले पक्राउ गरेको हो । कुर्मीले पीडित महिलासँग म्यासेन्जरमा गरेका अश्लिल संवादको स्क्रिनसटसहित अभिलेख बनाइ ती महिलाको आफन्त तथा साथीहरुलाई समेत पठाइ महिलालाई मानसिक यातना दिने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुर्मीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । काठमाण्डौ जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।