उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
कुनै पनि देशमा राजनीतिक उथलपुथल हुनु सामान्य कुरा हो । समय समयमा यस्तो भइरहेको पनि हुन्छ । राजनीति गरेपछि सत्ता आफ्नो हातमा पार्न जुनसुकै पार्टी र नेताले कोसिस त गर्छन् नै ।
हामी आम नागरिक अथवा एक परदेशीको हिसाबले भन्दा त राम्रा दुःख बुझ्नेको हातमा परोस् भन्ने कामना हुन्छ । तर हाम्रो यो सपना बिपनामा कहिले परिणत हुन्छ थाहा छैन ।
प्रचण्डको कमाण्डमा जनयुद्ध चल्दा देशमा बस्ने नसकेर बाध्यता बस खाडी र मलेसिया श्रम बेच्न बाध्य हुन प¥यो हजारौँलाई । उनीहरू मध्ये धेरै जना अहिले पनि ढुक्कले नेपाल फर्कन सकेका छैनन् ।
जनयुद्धले दिएको घाउ उनीहरूले भुल्न सकेका छैनन् ।
देशमै केही गर्ने वातावरण हुन्थ्यो भने खाडीमा बस्ने रहर त कसैलाई पनि छैन भन्ने त नेताज्यूहरूलाई पनि थाहा भएकै कुरा हो । तर परदेशीको पीडा उनीहरू नबुझे झैँ गर्छन् ।
हुन त अहिले त देशमा अब कुनै युद्ध छैन भन्छन् तर हामीजस्ता मानिसले हरेक दिन गरिबीसँग लड्न परिरहेको छ । तर जसको कमाण्डमा भएको युद्धकै कारण परदेशिन बाध्य भएकाहरूको अवस्था र कमाण्डरको अवस्था हेरौँ त कति फरक छ । यही कुराले त मन दुख्छ ।
आज उहाँको हातमा छ देश । अब चाहिँ उहाँले दुई छाक टार्नकै लागि परदेश गएकाहरूलाई स्वदेश फर्काउन पहल गर्नुहुन्छ कि ? यदि उहाँमा मानवता छ भने गर्ने बेला यही हो ।
परदेशमा श्रमिक चर्को गर्मी नभनी काममा खटिरहेका छन् । त्यहाँ दुःख छ भन्ने जान्दा जान्दै पनि रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा श्रमिकहरू परदेश उडिरहेका छन् ।
यो अवस्थालाई टुलुटुलु हेरिरहेकाहरूले अब चाहिँ केही गर्ने बेला आएको छ । अहिले केही नयाँ अनुहारको पनि उदय त भएको छ । तर उनीहरूले के कसरी काम गर्छन् भनेर हेर्न बाँकी नै छ ।
श्रमिकका पक्षमा एउटा सञ्चारकर्मी हुँदा निकै आवाज उठाउनुभएका रबी लामिछाने गृहमन्त्री हुनुभएको छ । उहाँले मन्त्री हुनुअघि वैदेशिक रोजगारीमा रहेकालाई आफ्नो कार्यालयमा आकर्षक तलबसहित जागिर दिने र विमानस्थलमा लिन आफैँ आउने कुरा गर्नुभएको छ । तर भनेजस्तै सजिलो भोलिका दिनमा गर्न भएन भने ?
विदेशमा मरेका नेपालीको लास ल्याउनसमेत पावर चाहिने यो देशमा जागिरको आस बोकेर फर्किने दिन कहिले आउँछ थाहा छैन । तर नेताले देखाएका आशा र बाचा भन्ने खुल्ने छैनौँ ।