एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – पाँच जनाभन्दा कम श्रमिक भएका मलेसियाका कम्पनीहरूले बढेको आधारभूत पारिश्रमिक सन् २०२३ को जुलाईदेखि मात्र लागू गर्ने भएका छन् ।
मलेसिया सरकारले पाँच जनाभन्दा कम श्रमिक भएका कम्पनीहरूलाई छुट दिँदै जुलाईदेखि बढेको आधारभूत परिश्रमिक दिँदा हुने निर्णय गरेको हो ।
मलेसिया गएको मे महिनादेखि नै न्यूनतम तलब बढेर १५ सय मलेसियन रिंगिट लागू भएको छ । पाँच जनाभन्दा बढी श्रमिक भएका कम्पनीहरूले मे १ गतेदेखि नै यो नियम कार्यान्वयन गरिसकेका छन् । तर कोरोना महामारी लगायतका कारण आर्थिक संकट झेलिरहेका साना कम्पनीहरूका लागि मलेसियन सरकारले २०२३ को जनवरी १ देखि श्रमिकको पारिश्रमिक बढाउन पर्ने भनेको थियो । तर फेरि ६ महिना समय थप गर्दै जुलाईदेखि मात्र बढेको न्यूनतम पारिश्रमिक लागू गर्न भनेको हो ।
विभिन्न सरोकारवाला निकायसँगको दुई पक्षीय छलफलका आधारमा नै यो निर्णय गरिएको मलेसियाले जनाएको छ ।
जुलाईभन्दा अघिसम्म ५ जनाभन्दा कम श्रमिक भएका रोजगारदाताले ११ सयदेखि १२ सय रिंगिट तलब दिनु पर्नेछ । तर ५ जनाभन्दा बढी श्रमिक भएका रोजगारदाताले भने १५ रिंगिटभन्दा कम तलब दिन पाउने छैनन् ।