एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै - राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले थप पहल अगाडि बढाएको छ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि समस्या समाधानका लागि पहल थालेको गृह मन्त्रालयले जनाएको छ ।
लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो भएकोबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । त्यसका लागि सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ ।
टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने उहाँको भनाइ छ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री रवि लामिछानेले राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ । तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातको १२ बजेदेखि लाइन लाग्नु पर्ने बाध्यता छ ।
Pemba sherpa
Dec. 31, 2022, 12:12 p.m.सबभन्दा जटिल साथै बिचौलियाले आमजनतालाई जानीजानी ठगी र अझ सोझो सिधालाई बिचौलियाले जानीजानी अनलाइनमा गल्ती गरि फर्म भर्भने अनि फेरि सच्याउने निउले त्यही ब्यक्तीलाई ठगी गरिरहेको छ। मैले एउटा पसपोर्ट लिनको लागि ४ दिन सम्म हरेक दिन राति 2 बजे देखिनै लाइन बसे ,तर भित्र सेटिङ्माकाम गर्नेले लाइन बस्नेको भन्दा पैसा दिएर छिटो पासपोर्ट निकाल्ने ले लाइन बस्ने सोझा सिधाको ३ देखी ४ दिन सम्म लाइन मै बस्नु पर्ने बाध्यता हुदोरहेछ । अनि यो राहदानी बिभागमा बसेको पुलिसहरुको बोल्ने ढंग छैना मानवसग बोल्ने व्यबहार होइन, पशुपन्छीलाई जस्तो व्यबहार गर्छ। हाम्रो नेपाल पुलिसको अझै पनि बोल्ने ढंग छैन ,कहिले सुधार आउने होला पुलिसको बोली? आशा छ कि अब गृहमन्त्री रबिको पालामा सिस्टम बस्छ कि भन्ने । जनता ले राजस्व तिरे अनुसार कहि सुबिधा छैन / अन्लाईन फर्म सबैले भर्न्र सिस्टम लागु होस र टोकान सिस्टम रखी जनतालाई १ पासपोर्ट लिनलाइ २४ घन्टा उभिन्नु नपरोस र एउटा पासपोर्ट लिनलाइ अन्लाईन फर्मको रु ३५०० , बिग्रेको सच्याउन ५०० अनि छिटो भित्र छिर्नुलाई भित्रै सेटिङ्म रु २५०० / अब हिसाब गर्नु होस ....अझ चिसो मौसममा रातको २ बजे देखीको लाइनले बिरामी भएर रु १५००० हजार हस्पिटल खर्च ।