एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – गएको एक हप्तादेखि राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि सुरु भएको विभागका प्रवक्ता दुरपदा सापकोटाकाले जानकारी दिनुभयो ।
सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवारदेखि 'स्मुथ' चलिराखेको छ, आज पनि हामीले कुनै समस्या 'फेस' गरेनौँ, राहदानी वितरण पनि अब सुरु भयो ।’ विभागमा आएर सेवाग्रहीले बनिसकेको राहदानी लिइरहेका पनि उहाँले बताउनुभयो ।
विभागको सर्भरमा समस्या आउँदा 'बायोमेट्रिक' गरिसकेपछि बनेका राहदानी वितरण रोकिएको थियो । तर नयाँ आवेदन भने विभागले लिइरहेको थियो । प्रवक्ता सापकोटा भन्नुहुन्छ, ‘राहदानी विभागको सर्भर नचलेर राहदानी वितरण ठप्प भएको भन्ने समाचारमा आंशिकमात्र सत्यता छ, नयाँ आवेदन लिएर हामीले बायोमेट्रिक गरिरहेका थियौँ ।’
राहदानी विभागले द्रुत सेवामा राहदानी प्रदान गर्छ । त्यो भनेको तीन दिनमा राहदानी दिनुपर्छ । दि तीन दिनमा राहदानी आएन भने सन्देशसहित नागरिक किन राहदानी आएन भनेर प्रश्न गर्न आउने हुँदा त्यसको जवाफ दिने आफ्नाे दायित्व हुँदा मात्र विभागले सूचना निकालेको बताउनुहुन्छ सापकोटा ।
उहाँ भन्नुहुन्छ, ‘अरू सेवा नियमित छ भनेर हामीले सूचना निकालेका थियौँ । तपाईँले 'एप्वान्टमेन्ट' लिनुभएको छ भने बायोमेट्रिकका लागि आउन सक्नुहुन्छ भनेर 'क्लियर' भनेका थियौँ । तर बजारमा भने पासपोर्ट सेवा बन्द भन्ने 'न्यारेटिभ्स' बन्यो ।’
यस्ताे छ सूचना–
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।
मन बहादुर पुन
Jan. 8, 2023, 6:01 p.m.यही कुरा समयमै किन सम्प्रेसन नगरेको त नियत खराब भयो भनी संका गर्ने अबसर अदिएको भय राम्रो हुन्थ्यो