एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गर्नुभएको छ ।
बुधवार वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफू हर्षित भएको बताउनुभयो ।
अहिले बाध्यताले रोजगारीका लागि वैदेशिक रोजगारीमा जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब देशले सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी भई फाइदा लिन आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो ‘सरकार देश यहाँहरूसँगै छ भन्ने प्रतिबद्धता गर्छु, तपाईँहरू जहाँ भए पनि तपाईँहरूले देशको विकासमा सहयोग पुर्याइरहनुभएको छ, तपाईँहरूलाई माया र सद्भाव छ ।’