एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीका क्रमममा ज्यान गुमाएका श्रमिकको बिमा रकममा ठगी गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँची छत्रदेव गाउँपालिका–४ घर भइ हाल काठमाण्डौ बस्दै आएका वैदेशिक रोजगार बोर्डका नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारी र भक्तपुर चाँगुनारायण नगरपालिका–४ का सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
यस गिरोहमा संलग्न ६ जनालाई प्रहरीले गएको शुक्रबार नै पक्राउ गरेर शार्वजनिक गरिसकेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका–८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका–२ का ३९ वर्षीय रुद्रमान गोलेलाई काठमाण्डौको गोंगबुबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमध्ये रामबहादुर तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारेको थियो । उनीहरुमाथि पनि जिल्ला प्रहरी परिसर टेकुले थप अनुसन्धान गरिरहेको छ ।
काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीका अनुसार विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्ने यस गिरोहले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्दै आएका थिए ।
उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाण्डौमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको उहाँको भनाइ छ । उहाँकाअनुसार गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन समेत दिने गरेका थिए ।